खेल

युनाइटेडको लगातार तेस्रो जित, इब्राहिमोविच नायक

युनाइटेडको लगातार तेस्रो जित, इब्राहिमोविच नायक
पुस–३ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले वेष्ट ब्रोमलाई २–० ले हराएको छ । युनाइटेडको जितको लागि जाल्टन इब्राहिमाविचले २ गोल गरे । खेल सुरु भएको पाँचौँ मिनेटमा इब्राहिमोविचले युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । त्यसपछि पुन ५६ औँ मिनेटमा गोल गर्दै इब्राहिमाविचको व्यक्तिगत दास्रो गोलले युनाइटेडको अग्रता दोब्बर बनायो । जितपछि छैठौँ स्थानमा रहेको युनाइटेडको ३० अंक भएको छ । साथै इब्राहिमोविचले लिगमा ११ गोल पूरा गरेका छन् । १३ गोलसहित चेल्सीका डिएगो कोस्टा शीर्ष स्थानमा छन् भने १२ गोलसहित आर्सनलका एलेक्स सान्चेज दोस्रो स्थानमा छन् ।

इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोम

विशेष