खेल

यू–१९ एसिया कपमा मलेसियाविरुद्ध नेपाल विजयी

यू–१९ एसिया कपमा मलेसियाविरुद्ध नेपाल विजयी
पुस–३ । यू–१९ एसिया कप अन्तर्गत आइतबार मलेसियाविरुद्धको खेलमा भने पनि नेपाल विजयी भएको छ । मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४. ४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटाउन सफल रह्यो । ४४.४ अाेभरमै मलेसिया अल अाउट हुँदै १५३ रन बनाएकाे थियाे । पहिले ब्याटिङमा उत्रिएको मलेसियाको लागि भिरानदिप सिंहले सर्वाधिक ७५ रन बनाए । नेपाली बलरहरु हाबी भएको खेलमा मोहम्मद हासिफले २१ रन र सइफ मलिकले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको लागि आदिल खानले सर्वाधिक ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले २–२ विकेट लिए । रोहित कुमार पौडेल र सुभान्कर उरावले १–१ विकेट लिए । १५३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालको लागि अनिल साहले सर्वाधिक ३२ रन बनाए । त्यस्तै अभिनाश कर्न २९, पावन सरफ २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । मलेसियाको लागि भिरानदिप सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहम्मद हाफिज र मोहम्मद अमिर र सेयद अजिजले २–२ विकेट लिए । यस खेलमा जित हात पारे पनि नेपालको यात्रा भने सकिसकेको छ ।

नेपाल मलेसिया यू–१९ एसिया कप

विशेष