मनोरञ्जन

‘उत्कृष्ट अभिनेत्रीको अवार्ड जोसुकैले पाएपनि मलाई बाल मतलब ?’

‘उत्कृष्ट अभिनेत्रीको अवार्ड जोसुकैले पाएपनि मलाई बाल मतलब ?’
पुस ३ । बलिउड अभिनेत्री कंगना रनौटको सिधा बोल्ने र निष्फिक्री स्वभावको धेरैले तारिफ गर्छन् । उनी अरुले आफ्नाबारेमा गर्ने टिप्णीको मतलब गर्दिनन् । एक समारोहमा गफिदै गरेकी कंगनालाई पत्रकारले एक प्रश्न तेस्राए । यो वर्ष उत्कृष्ट अभिनेत्रीको अवार्ड कसले पाउला ? कंगनाले जवाफ फर्कान्, ‘मलाई अवार्डमा विश्वास लाग्दैन र जाने पनि गर्दिन । म अर्वाडको निर्णयक मण्डल पनि होइन । उक्त अवार्ड जोसुकैले पाए पनि मलाई बाल मतलब ?’ कंगनालाई कुनै पनि अवार्ड सोहरुमा देखिदैँन । कारण कंगनाले आफै खुलाएकी छिन् । उनलाई अवार्डमा विश्वास नलाग्ने कारण सबै कलाकारले आफ्नो फिल्ममा उत्तिकै मिहेनत गर्ने गरेको उनी बताउँछिन् । — एजेन्सी

kangana ranaut

विशेष