समाज

पाल्पाको बन्द फिर्ता तर आन्दोलन जारी रहने

पाल्पाको बन्द फिर्ता तर आन्दोलन जारी रहने
पुस–३ । बन्द रहेको पाल्पा जिल्ला आइतबार दिउँसोदेखि खुलेको छ । पाँच नम्बर प्रदेश टुक्रयाउन खोजेको भन्दै गरेको बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ । संयुक्त सघर्ष समितिले दिउँसो १ बजे कोणसभा गरी बन्द सकिएको घोषणा गरेका हुन् । कोणसभालाई सम्बोधन गर्दै एमाले नेता एवं सांसद सोमप्रसाद पाण्डे, नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, राप्रपा पाल्पाका उपाध्यक्ष रेवन्त बिष्ट, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा मालेका धनराज पौडेलले बन्दको कार्यक्रम फिर्ता भएको तर आन्दोलन निरन्तर जारी रहेको बताएका छन् । संघर्ष समितिका सदस्य एवं राप्रपा पाल्पाका अध्यक्ष डुव बहादुर कुँवरका अनुसार संसदमा दर्ता भएको विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दालेन गर्ने संघर्ष समितिले निर्णय गरेको छ ।

पाल्पा

विशेष