खेल

फिफा क्लब वर्ल्डकप २०१६ को उपाधि रियल मड्रिडलाई, अन्तिम समयमा राेनाल्डाे नायक

फिफा क्लब वर्ल्डकप २०१६ को उपाधि रियल मड्रिडलाई, अन्तिम समयमा राेनाल्डाे नायक
पुस–३ । फिफा क्लब वर्ल्डकप २०१६ को उपाधि रियल मड्रिडले उचालेको छ । आइतबार भएको फाइनलमा ४–२ गोलले कासिम एन्टलर्सलार्इ  हराउँदै रियलले उपाधि उचालेको हो । तेह्रौँ संस्करणको फिफा क्लब वर्ल्डकपको आयोजक जापान रहेको थियो । खेलको आठौँ मिनेटमा करिम बेन्जेमाले रियलको लागि गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर कासिमका सिबासाकीले ४३ औँ मिनेटमा गोल गर्दै पहिलो हाफ १–१ गोलको बराबरीमा रोके । त्यस्तै दास्रो हाफ सुरु भएपछि खेलको ५२ औँ मिनेटमा कासिमको लागि सिबासाकीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर रियलले ६० औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोको गोलले रियल पुन खेलमा फर्कियो । बराबरीमा खेल सकिए पछि खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो । खेलको ९८ औँ र १०३ मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई  जित दिलाए । अन्तिम समयमा राेनाल्डाेले दुर्इ गाेल गरेपछि खेल रियलले अाफ्नाे पक्षमा पार्न सकेकाे हाे । जित दर्ता गर्न नसकेपनि कासिमले रियललार्इ निकै दबावमा राखेकाे थियाे । दुर्इ टाेलीबीच निकै राेमाञ्चक खेल भयाे । फिफा क्लब वर्ल्डकपमा पहिलो पटक भिडियो रेफ्रिको प्रयोग पनि गरिएको छ । कासिमले एथ्लेटिको नेशनललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने रियलले अमेरिकालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

कासिम एन्टलर्स फिफा क्लब वर्ल्डकप रियल मड्रिड

विशेष