प्रवास

वैदेशिक रोजगारीमा नेपालीहरु नेपालीबाट ठगिन्छन : श्रममन्त्री गुरुङ

वैदेशिक रोजगारीमा नेपालीहरु नेपालीबाट ठगिन्छन : श्रममन्त्री गुरुङ

पुस ४ । । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारीको शिलसिलामा जाने नेपालीहरु नेपालबाटै बढी ठगिने गरेको बताए । उनले वैदेशिक रोजगार व्यवसायिहरुले गलत काम गरेर उल्टै अर्ति उपदेश दिने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै गलत काम गर्नेहरुलाई सरकारले कानुन बमोजिम कारवाही गर्ने बताएका हुन् ।

ज्योतिको घर नेपालको सातौ बार्षिकत्सव कार्यक्रमलाई आइतवार राजधानीमा सम्बोधन गर्दै मन्त्री गुरुङले श्रम शोषण अन्त्य गर्नको लागि सरकारले सामाजिक संघ संस्थाको साथ लिएको बताए । ‘राज्यले जति लगानी गर्नु पर्ने थियो गर्न सकेको छैन’,उनले भने,‘सरकार श्रम शोषणमुक्त समाज निर्माणको अभियानमा प्रतिबद्ध छ ।’ अब बालबालिकाको श्रम शोषण नहुने गरी सरकारले प्रभावकारी रुपमा नीति र योजना अगाडि सारेको बताउदै उनले श्रम शोषण गर्नु अपराध भएको बताए । ‘अब कुनै पनि बालबालिकामाथि श्रम शोषण हुने छैन’,उनले भने,‘श्रम शोषण मुक्त समाज निर्माण गर्नु राज्यको दायित्व र कर्तव्य हो, सरकार जिम्मेवारी पूरा गर्न तयार छ ।’

विगतमा वैदेशिक रोजगारीमा ठगीका साथै श्रम शोषणको बारेमा सुनेपनि अहिले आफैले प्रत्यक्ष रुपमा देखेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले अनलाइन सेवाबाट वैदेशिक रोजगारीमा हुने ठगीलाई रोक्नको लागि काम अगाडि बढाएको बताए । वैदेशिक रोजगारीको शिलसिलामा नेपालबाटै नेपालीहरु ठगिने गरेको बताउदै उनले वैदेशिक रोजगार व्ययवायीहरुले ठूला गफ गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘अब कुरा गर्ने होइन काम गर्ने बेला आएको छ, म मन्त्री हुँदासम्म श्रम शोषण हुन दिन्न, मन्त्रीबाट हटेपछि पनि श्रम शोषण हुन नदिने सामाजिक काममा नै लाग्छु’मन्त्री गुरुङले भने । कार्यक्रममा केन्द्रीय वाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले देशभर बालबालिका गृह सञ्चालन गर्नको लागि ५ सय ६० वटा संघ संस्थालाई अनुमति दिएको बताए । बाल कल्याण समितिले अनुमति दिएको मध्ये ज्योतिको घर नेपालले एक हजार बालबालिलाई अध्याय गराएर उत्कृष्ट काम गरेको बताए । उनलेसञ्चालन अनुमति लिएर मापदण्ड विपरीत काम गर्ने २० वटा बालगृहलाई कारवाही गरेको बताए ।

कार्यक्रमका सभापति एवं ज्योतिको घर नेपालका अध्यक्ष विजय लामाले मूलुकभरका वादी चेपाङ समुदायका बालबालिकाको साथै अनाथ असहाय र विपन्न बालबालिकाहरुलाई संस्थाले अध्ययन गराउदै आएको बताए । संस्थाले एक हजार भन्दा बढी बालबालिकालाई निःशुल्क अध्ययन गराउदै आएको छ । उक्त कार्यक्रममा हास्यकलाकारद्धय दिपाश्री निरौला र दिपकराज गिरी, टिटिएन अस्टे«लियका अन्तर्राष्ट्रिय निर्देशक ग्राहम कर तथा उनका धर्म पत्नी रविनलाई ज्योतिको घर नेपालले सम्मान गरेको थियो ।

suryaman gurung

विशेष