मनोरञ्जन

बच्चा चाहन्छिन् कंगना

बच्चा चाहन्छिन् कंगना

पुस ४ । बलिउड अभिनेत्री कंगना रनौटले कुनै समय भनेकी थिइन, म बाबुआमाकी अनवान्टेड छोरी हुँ । अन्तर्वार्तामा यस्तो खुलासा गरेपछि उनीबारेमा अनेकन टीकाटिप्पणी भएका थिए ।

त्यही अन्तर्वार्तामा उनले अर्को प्रसंग जोडेकी थिइन म बुबाको इच्छाबिपरित अभिनयमा लागे । बुबाको इच्छाबिपरित अभिनयमा लागेकी कंगना अहिले बलिउडमा स्थापित नायिका हुन् । त्यसैले पनि उनले दिने अभिव्यक्ति अहिले बारम्बार चर्चामा आउँछन् ।

२९ वर्षीया यी अभिनेत्रीले केही दिन अघि दिएको अन्तर्वार्ता अहिले चर्चामा छ । उनले त्यो अन्तर्वार्तामा भनेकी छिन् । अब मलाई बच्चा चाहिन्छ भन्ने महशुस भइरहेको छ । मैले यस्तो कुरा गर्छु भन्ने सोचेकी थिइन । तर मनका कुरा कन्ट्रोल रोक्न पनि सक्दिन ।

kangana ranaut

विशेष