मनोरञ्जन

पुएर्तो रिकाकी सुन्दरी भइन विश्वसुन्दरी

पुएर्तो रिकाकी सुन्दरी भइन विश्वसुन्दरी
पुएर्तो रिकाकी सुन्दरी स्टेफानी देल भाल्ले सन् २०१६ की विश्वसुन्दरी भएकी छिन् । अमेरिकाको मेरिल्यान्डस्थित एमजीएम नेसनल हार्बरमा नेपाली समयअनुसार सोमवार बिहान सम्पन्न कार्यक्रममा स्टेफानीलाई अघिल्लो वर्षकी विजेता मिरीया लालागुनाले विश्व सुन्दरीको ताज पहिराएकी हुन् । डोमिनिकन रिपब्लिककी यारिट्जा मिगेलिना रेयेस रामिरेज दोस्री भइन् भने इन्डोनेसियाकी नताशा म्यान्नुएला तेस्री भइन् । नेपालबाट अश्मी श्रेष्ठले प्रतियोगितामा भाग लिएकी थिइन् । उनले कुनै पनि उपाधि जित्न सकिनन् ।

Miss world

विशेष