खेल

मड्रिडलाई पछ्याउँदै बार्सिलोना, अंक दूरी तीनमा छोट्याए

मड्रिडलाई पछ्याउँदै बार्सिलोना, अंक दूरी तीनमा छोट्याए
पुस–४ । स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलमाथि ४–१ को सजिलो जित निकालेपछि दास्रो स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा आएसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ । बार्सिलोनाको जितको लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी र जोर्डी अल्बाले १–१ गोल गरे । स्पानियोलका लागि लोपेज सिल्भाले एक गोल फर्काए । खेलको १८ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफ १–० मा सकिएको थियो । दास्रो हाफ सुरु भएपछि खेलको ६७ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दास्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसलगत्तै अल्बाले पनि गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० गोलको रह्यो । ७९ औँ मिनेटमा सिल्भाले स्पानियोलका लागि एक गोल फर्काए । तर खेलको अन्तिम समयमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४–१ गोलले विजयी भयो । जितपछि बार्सिलोनाको १६ खेलबाट ३४ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड ३७ अंकसहित शीर्ष स्थानमा छ ।

बार्सिलोना स्पानियोल स्पेनिस ला लिगा

विशेष