आइओएम डिन अग्रवाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र

पुस ४ । शिक्षामन्त्री धनीराम पौडेललाई साेमबार ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो ।
समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन सरकारले अग्रवाललाई नियुक्त गरेको थियो । शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरे। उनले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताए ।
आइओएम
डा जगदीश अग्रवाल
धनीराम पौडेल
शिक्षामन्त्री