खेल

आर्सनलको अग्रता उल्ट्याउँदै सिटी विजयी

आर्सनलको अग्रता उल्ट्याउँदै सिटी विजयी
पुस–४ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ । सिटीले आर्सनलमाथि २–१ गोलअन्तरको जित निकालेको हो । खेल सुरुभएको चौथो मिनेटमै वाल्कोटले आर्सनलको लागि सुरुवाति अग्रता दिलाएका थिए भने सिटीको घरेलु मैदानमा भएको खेलमा घरेलु दर्शकलाई स्तब्ध बनाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई घरेलु मैदानमा सिटीले उल्ट्याउँदै दास्रो हाफ सुरु भएसँगै खेलको ४७ मिनेटमा लेर्यो सेनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ मिनेटमा राहिम स्टर्लिङले उत्कृष्ट गोल गर्दै सिटीलाई जित दिलाए । जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १७ खेलबाट ३६ अंक भएको छ भने समान खेलबाट ३४ अंक बटुल्दै आर्सनल लिगको चौथो स्थानमा झरेको छ । १७ खेलबाट ४३ अंक रहेको चेल्सी लिगको शीर्ष स्थानमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग म्यान्चेष्टर सिटी

विशेष