मनोरञ्जन

किन शिल्पालाई मात्र रोज्छन् छवि ?

किन शिल्पालाई मात्र रोज्छन् छवि ?
पुस ४ । छविराज ओझाले निमार्ण गरेका पछिल्ला चलचिमा दर्शकले शिल्पा पाेख्रेललाई छुटाएका छैनन् र अर्थात छविका पछिल्ला सबै फिल्ममा शिल्पाको अभिनय पक्का हुन्छ । फिल्म ‘मंगलम’ को निर्माणमा जुटेका छवि ओझाले फेरि शिल्पालाई नै फिल्मको लागि चयन गरेका छन् । उक्त फिल्ममा चलचित्र ‘दर्पणछाँया २’ का नायक पुष्प खड्काले शिल्पासँग् अन स्क्रीन रोमान्स गर्नेछन् । अभिनेत्री मात्र नभएर छविले आफ्नी निकट मानिएकी शिल्पालाई यो फिल्ममा निर्मात्रीको ट्याग पनि दिएका छन् । नवल नेपालको निर्देशनमा बन्न लागेको उक्त फिल्म माघ महिनापछि फ्लोरमा जाँदै छ । फिल्मले पारिवारिक कथावस्तुलाई समेट्ने बताइएको छ । पछिल्लो समय रिलिज भएको छवि ब्यानरको फिल्म ‘किस्मत २’ले दर्शकको त्यती साथ पाउन सकेको थिएन । विवाहको हल्ल चलाएर छविले आफ्नो फिल्मको प्रचारबाजी गरेका थिए । यो समय पनि छविले केही फन्डा बनाउने हो की भन्ने दर्शकको कौतुहूलता छ ।

छविराज ओझा नेपाली चलचित्र शिल्पा पाेख्रेल

विशेष