समाज

बालश्रमको अनुगमन तीव्र

बालश्रमको अनुगमन तीव्र
पुस–४ । बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको छ । विराटनगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले आइतबार नगरका विभिन्न होटल, ग्यारेज, फ्रेसहाउस तथा रेस्टुरेँन्टमा अनुमन तथा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा बाल श्रमिक पाइएका व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रमाणपत्र जफत गर्नुका साथै उनीहरुलाई पुस ७ गतेभित्र विराटनगर उपमहानगरपालिकामा सम्पर्क राख्न पत्र थमाइएको अनुगमनमा खटिएका विराटनगर उपमहानगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र प्रधानले जानकारी गराए । मानवअधिकार तथा वातावरण मञ्च (फरेन)को संयोजनमा भएको सो अनुगमनमा संयुक्त टोल सङ्गठन नगर समिति, ट्रेड युनियनका नेताहरु, प्रहरी तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । गत जेठ महिनामा विराटनगर बालमैत्री नगर घोषित भएकाले यस नगरभित्र बालश्रम नसुहाउने भएकाले विराटनगर उपमहानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो । रासस

बालश्रम उन्मूलन विराटनगर

विशेष