प्रवास

थाईल्याण्ड हुँदै युरोप अमेरिका छिर्ने प्रयास गर्दै हुनुहुन्छ ? दलालले यसरी पार्छन् अलपत्र

थाईल्याण्ड हुँदै युरोप अमेरिका छिर्ने प्रयास गर्दै हुनुहुन्छ ? दलालले यसरी पार्छन् अलपत्र
पुस - ४ । बैंककस्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै युरोप अमेरिका लगायतका देश जान थाइल्याण्डमा सजिलै भिसा नपाइने भएकाले प्रलोभनमा नपर्न आग्रह गरेको छ । मानव तस्करहरुले थाइल्याण्डमा यरोप तथा अमेरिकी देशको भिसा सजिलै प्राप्त गर्न सकिन्छ भन्दै नेपालीहरुलाई पर्यटक भिसामा ल्याई अल्पत्र परेपछि राजदूतावसले विज्ञप्ति जारी गरी सचेत हुन अनुरोध गरेको हो । दूतावासले केही समयदेखि नेपालीहरु दलालमार्फत् युरोप, अमेरिका, कोरिया, अष्ट्रेलिया लगायतका देशको भिसा पाइने प्रलोभनमा थाइल्याण्ड आउने क्रम बढेको र तीमध्ये धेरै अलपत्र परेको बताएको छ । ‘मानव तस्कररदलालले कैयौं नेपालीलाई पर्यटक भिसामा थाइल्याण्ड ल्याई अमेरिका, अष्ट्रेलिया, क्यानडा, गणतन्त्र कोरिया, युरोपेली मुलुकहरु लगायत विभिन्न आकर्षक गन्तव्य मुलुकहरुको भिसा लगाई ती मुलुकहरुमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता तस्करहरुले आकर्षक गन्तव्य मुलुकहरुको भिसा प्राप्त गर्न थाइल्याण्डबाट सहज हुने तथा यहाँबाट उक्त देशहरुमा जान समेत सजिलो हुने भन्दै सिधासाधा नेपालीलाई शुरुमा सम्बन्धित देशको भिसा लागेपछि मात्रै रकम दिने शर्तमा बैंकक बोलाउने र यहाँ आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजहरुबाट लिने र कानूनी रुपमा थाइल्याण्ड बस्न पाउने अवधि समाप्त भएपछि प्रहरीलाई खबर गरी पक्रन लगाउने गर्छन्।’ दूतावासले पछिल्लो समय थाइल्याण्डमा नेपाली ठगिने क्रम बढेको र कम्बोडिया, लाओस र भियतानामबाट समेत यस्तो ठगी भइरहेको बताएको छ । मानव तस्कररदलालले भन्ने गरेझैं नेपालीलाई थाइल्याण्ड, क्याम्बोडिया, लाओस आदि मुलुकहरुबाट विकसित मुलुकहरुको भिसा सहज रुपमा प्राप्त नहुने भएकोले प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ ।
[caption id="attachment_46089" align="alignnone" width="728"] Image converted to PDF format.[/caption]

थाइल्याण्ड नेपाली राजदूतावस

विशेष