संसार हल्लाएका यी पाँच महिला
[caption id="attachment_46130" align="alignnone" width="900"] क्रमशः मारागेट हिल्डा थाचर, एन्जेला मार्केल, दिल्मा रुसेफ, जिल आब्रमसन, सोनिया गान्धी[/caption]
विश्वकै शक्तिशाली देश अमेरिकाले किन महिलालाई राष्ट्रिपतिको रुपमा स्वीकार गर्न सकेन ? अहिले विश्वभर एउटा गहन प्रश्न खडा भएको छ । महिला पुरुष बराबर भनिएको देश अमेरिकाले अहिलेसम्म महिला राष्ट्रपति पाएको छैन । इतिहास रच्ने ठानिएकी हिलारी क्लिन्टनलाई बहुलठ्ठी ठानिएका डोनाल्ड ट्रम्पले पराजित गरेपछि अमेरिकी जनताले महिला नेतृत्वलाई अस्वीकार गरेको रुपमा पनि अर्थाइएको छ । हिलारीको हारपछि सामाजिक सञ्जालमा अमेरिकी प्रथम महिला मिचेल ओबामाको खुब प्रशंशा भयो । त्यस्तै, २०२० को चुनावमा मिचेल डेमोक्रयाट पार्टीका तर्फबाट उम्मेदवार बन्ने चर्चा शुरु भइसकेको छ । अमेरिकाले महिलालाई कमाण्डरका रुपमा पाउन कम्तिमा पनि ४ बर्ष पर्खनु पर्ने भएको छ । तर, अविकसित देश नेपालदेखि प्रजातन्त्रको जननी मानिने विकसित बेलायतलाई महिलाले नेतृत्व दिइरहेका छन् । नेपालका प्रमुख पाँच पद मध्ये राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला छन् । कार्यकारी प्रधानमन्त्री बन्ने पहिलो महिला को ? भन्ने प्रश्न अझै अनुत्तरित छ । बेलायतमा भने संवैधानिक रानी र कार्यकारी प्रधानमन्त्री दुबै महिला छन् । बेलायतमा पहिलो महिला प्रधानमन्त्री भएकी थिइन् थ्याचर ।
मारागेट हिल्डा थाचर बेलायतकी पहिलो महिला प्रधानमन्त्री मारागेट हिल्डा थाचर सन् १९२५मा जन्मेकी उनी १९७९ प्रधानमन्त्री चुनिएकी थिइन् । सन् १९९० सम्म बेलायतमा उनैले राज गरिन् । उनी २० शताब्दीकै सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको कार्यकाल सम्हाल्ने प्रधानमन्त्रीमा पर्छिन् । एक सोभियत पत्रकारले उनलाई आइरन लेडिको उपनाम दिएको थियो । उनको त्यो उपनाम उनको अतुलनीय राजनीतिक क्षमता र नेतृत्वात्मक शैलीले गर्दा दिइएको थियो । उनको प्रधानमन्त्रीत्वमा उनले परिचालनमा ल्याएका मूल्य, मान्यतालाई थयाचिरिजमको नाम दिइएको छ ।
एन्जेला मार्केल अमेरिकाको प्रतिष्ठित फोब्र्स म्यागजिनले निकालेको तथ्यांक अनुसार एन्जेला मार्केल पनि शक्तिशाली महिलामध्येकी एक हुन् । एन्जेला मार्केल युरोपको आइरन लेडिका रुपमा चिनिन्छिन् । उनले युरोजन संकटलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । ग्रिस, स्पेन, इटाली, पोर्चुगलको वित्तीय संकट समाधानका लागि ती सबै उपायहरु अपनाएर नै युरोपको नेताको रुपमा उभिन सफल भइन् । त्यसवाहेक पनि क्योटो सन्धि पारित गर्न महत्वपूर्ण भूमिका खेलेर उनी विश्व नेताको रुपमा स्थापित भइन् ।
दिल्मा रुसेफ महिलाको प्रतिनिधित्व गरेर डटि लाग्नेहरु २० शताब्दीमा नै शक्तिशाली बनेर उदाइ सकेका थिए । अमेरिका तथा युरोप बाहेक यस्ता थुप्रै महिला पात्रहरु छन् जसले विश्व हल्लाए । अफ्रिकी मुलुकबाट शक्तिशाली महिला बन्न सफल भएकी महिला दिल्मा रुपेफ हुन् । उनको जन्म १९४७ मा भएको हो । २०११ मा दिल्मा रुसेफ ब्राजिलको पहिलो महिला तथा ३६ औँ राष्ट्रपति बनिन् । उनले उनले ब्राजिलको आर्थिक उन्नतिका लागि महत्वकांक्षी कार्यक्रमहरु सार्वजनिक गरेर चर्चामा आइन् ।
जिल आब्रमसन सम्पादक बनेर शक्तिशाली मानिने पहिलो महिला जिल आब्रमसन हुन् । जिल आब्रमसन न्यू योर्क टाइम्सकी यो संस्थामा सम्पादकको जिम्मेवारी पाउने प्रथम महिला हुन् । करिब १३३ वर्षको न्यु योर्क टाइम्सको इतिहासमा जिल वरिष्ठ सम्पादक मात्र नभएर पब्लिकेशन हाउसको नेतृत्व पनि गरिन् ।
सोनिया गान्धी छिमेकी मुलुक भारतकी सत्तारुढ संयुक्त मोर्चाकी संयोजक सोनिया गान्धीले काँग्रेस अध्यक्षका रुपमा सबैभन्दा लामो नेतृत्व गरेर इतिहास रचिसकेकी छिन् । काँग्रेसको नेतृत्वमा आएपछि पार्टीमा चमत्कारिक सुधार गरेकी सोनियाको विषयमा अहिले धेरै आलोचना हुने गर्छ । विश्वमा अविकसीत मानिने मुलुक नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारी पनि संसारकै शक्तिशाली महिलामध्येमा पर्छिन् । फोब्र्स म्यागजिनले हालै निकालेको सन् २०१६को तथ्यांक अनुसार उनी सूचिको ५२ औँ सथानमा परेकी छिन् । एन्जेला मार्केल जिल आब्रमसन दिल्मा रुसेफ मारागेट हिल्डा थाचर सोनिया गान्धी