गैंडाको आक्रमणबाट महिलाको मृत्यु
पुस–४ । गैंडाको आक्रमणबाट साेमबार दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको थियो । रासस
गैंडा आक्रमण
चितवन