विद्युत् प्राधिकरण सञ्चालन समितिको पुनर्गठन
पुस–४ । सरकारले विद्युत् प्राधिकरण सञ्चालन समितिको पुनर्गठन गरेको छ ।
प्राधिकारणका तीन सदस्यलाई हटाइएपछि गत मङ्सिर ३० गतेको मन्त्रिस्तरीय निर्णयले उक्त स्थानमा रुकुमका भक्तबहादुर पुन, बझाङका चेतराज जोशी र सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्ययको अध्यक्षतामा गठित समितिमा प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिवसहित अर्थ मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र चन्द्र टन्डन सदस्य रहेका छन् ।
नवगठित बोर्डको ७४१औँ बैठक साेमबार बसेको र पाँच दर्जनभन्दा बढी निर्णय भएको जानकारी ऊर्जा मन्त्रीका निजी सचिव कृष्ण केसीले दिए । रासस
पुनर्गठन
विद्युत् प्राधिकरण