देश

विद्युत् चाेरी गर्ने ३३ पक्राउ

विद्युत् चाेरी गर्ने ३३ पक्राउ
पुस - ४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । प्राधिकरणका कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले एउटा स्टेब्लाइजर पनि बरामद गरेको छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् चुहावट रोक्न प्राधिकरणले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् चोरी

विशेष