स्वास्थ्य

शरीरमा पानीको मात्रा कम हुनाले देखिने समस्या

शरीरमा पानीको मात्रा कम हुनाले देखिने समस्या

शरीरमा पानीको मात्रा कम भएको अवस्थालाई डिहाइड्रेसन भनिन्छ । हामीले पिउने पानी हाम्रो शरीरबाट पिसाब या पसिनाको माध्यमबाट पनि पानी बाहिर निस्किरहेको हुन्छ । पानीको मात्रा कम भएमा शरीरमा यस्ता समस्या आइपर्छन् । थकान् — हाम्रो शरीरलाई उर्जा दिने महत्वपूर्ण माध्यम नै पानी हो । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ र शरीरको सबै प्रक्रियामा असर पर्ने गर्छ । यसकारण शरीरमा थकान र सुस्तता महसुस हुन्छ । शरीरमा उर्जाको मात्रा कम हुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैन । दम — शरीरमा पानीको मात्रा कम भयो भने स्वासप्रस्वास प्रणलीमा समस्या आइपर्छ । जुन समस्याले गर्दा स्वास लिन कठीन हुन्छ । यदी कसैलाई अचानक दम हुन्छ भने बिरामीलाई चाँडोभन्दा चाँडो पानी पिउन दिनुपर्छ । पानीको साथमा जुस, नरिवल पानी, लस्सी आदि पिउनाले तीव्र गतीमा स्वास लिने समस्या कम हुँदै जान्छ । रक्तचाप — विशेषगरि गर्मीयाममा धेरै पानी पिउँदा शरीरको रगतमा मौजूद पानीको मात्रामा कमी आउँन सक्छ । यस्तो अवस्थामा डाक्टरहरुले धेरै पानी खाने सल्लाह दिइन्छ । त्यस्तो उक्त रक्तचापा बिरामीले छिन–छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्कनाले रक्तचाप कम हुन सक्छ । उच्च कोलेस्टेरोल — यो रोग मुटुका लागि एकदमै घातक हुन सक्छ । आवश्यक्ताको हिसाबले पानी नपिएपछि शरीरले बढि मात्रामा कोलेस्टेरोल निर्माण गर्छ । शरिरलाई पर्याप्त पानी मिल्यो भने कोलेस्टेरोलको समस्या हुँदैन ।

शरीरमा पानीको मात्रा

विशेष