स्वास्थ्य

पाइलटहरु डिप्रशेनको सिकार बन्दै

पाइलटहरु डिप्रशेनको सिकार बन्दै

विमान चालक अर्थात पाइलटहरु डिप्रेशनमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ । विशेषगरि व्यापारिक उडान भर्ने पाइलटहरुमा डिप्रेशन बढी रहेको तथ्यांकले देखाएको हो । तर डिप्रेशनको लक्षण देखिएकाहरु आफ्नो उपचार नगराउने अझ गम्भीर विषय रहेको निश्कर्ष हार्वर्ड टिएच चेन स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट निकालिएको छ । केही वर्ष अघिमात्र डिप्रेशनका कारण एक पाइलटले जर्मन वीङ्स एयरलाइन्सको एउटा विमान जानी–जानी दुर्घटना गराएका थिए । दुर्घटनामा १ सय ५० जनाको मृत्यु भएको थियो । प्रोफेसर जोसेफ एलनको टिमले यो दुर्घटनापछि पाइलटको दिमागी हालतको अनुसन्धान गर्ने फैसला गरेका थिए । तीन जना रिसर्चर टिमले अनलाइनमार्फत सर्वे गरेको थिए । यो बीचमा उनीहरुले ३ हजार ५ सय पाइलटसँग सम्पर्क गरेका थिए । पाइलटलाई जवाफ दिन सहज होस् भनेर उनीहरुको नाम सोधिएको थिएन । सर्वेमा छुट्टा छुट्टै शीर्षकमा प्रश्न राखिएको थियो । मेन्टल हेल्थ अर्थात मानसिक स्वास्थ्यसँग सम्बन्धित प्रश्नको १ हजार ८ सय ४८ पाइलटले मात्रै जवाफ दिएका थिए । सर्वेक्षण विश्लेषण पश्चात धेरैजसो पाइलटमा डिप्रेशनको समस्या पाइएको पुष्टि भएको हो । २ सय ३३ पाइलटमा त गम्भीर समस्या देखिएको थियो । उनीहरुमध्ये ८५ जनाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएका थिए । ७५ पाइलटले पछिल्लो दुई हप्तादेखि आत्महत्याको विचार आइरहेको खुलाएका थिए ।

डिप्रेशन

विशेष