विचार कुरा: खस्रा मिठा

समृद्धी क्रान्तिको तेस्रो भागः शैक्षिक विभेद नै विद्रोहको सुरुवात [भिडियाे]

समृद्धी क्रान्तिको तेस्रो भागः शैक्षिक विभेद नै विद्रोहको सुरुवात [भिडियाे]

https://youtu.be/g5NcCvFybok


पुस - ४ । सामाजिक तथा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीको समृद्धी क्रान्तिको तेस्रो भाग लिएर आफ्नो युट्यब ब्लग मार्फत आएका छन् । नेपालको वर्तमान समस्याका साथसाथै राजनीति र कुटनीतिका विषयमा उनले युट्यब ब्लगमार्फत जनचेतना जगाउने प्रयास थालेको हुन् । उनले तेस्रो भागमा २०४७ सालपछि शिक्षा र स्वास्थ्य क्षेत्रमामा देखिएका अनकौँ विकृतीहरुको चिरफार गरेका छन् । यो पटक उनले सामाजिक डार्भिनवादको व्याख्या गर्दै नेपाली शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका त्रुटी र समस्याहरुको चिरफार गर्ने प्रयास गरेका छन् । अमेरिकी राष्ट्रपति डिल्यान रुज्बेलले प्रतिपादन गरेको सामाजिक डार्विनवादलाई व्याख्या गर्दै नेपाली सन्दर्भ जोड्ने प्रयास गरेका छन् । उनले नेपालमा देखिएको शैक्षिक भेदभावको वातावरणलाई केलाउने प्रयास गरेका छन् । नेपालमा रहेका सरकारी विद्यालय र निजी विद्यलाय (बोर्डिङ स्कूल) निम्त्याएको विभेदतालाई उनले छर्लङ पर्ने प्रयास गरेका छन् । शैक्षिक विभेद नै विद्रोहको सुरुवात हुने उनी बताउँछन् । उनले यसभन्दा अगाडिका भागहरुमा २०४७ सालपछि नेपालमा सामाजिक आर्थिक क्षेत्रमा देखिएका कमी कम्जोरी औँल्याउने प्रयास गरेका थिए । साथै उनले स्वास्थ्यसंग जोडिएका विविध विषयवस्तुको बारेमा व्याख्या विश्लेषण र विकृतीको चिरफार गर्ने प्रयास गरेका थिए । दोस्रो भागमा उनले नेपाली कांग्रेस नेत्री सुजाता कोईरालाले उपचार खर्चको लागि लिएको ५० लाख रुपैयाँले निम्त्याएको विद्रोहको चिरफार गरेका थिए । सुवेदी पेशाले व्यासायी हुन । व्यापार व्यासायमा व्यस्त भएतापनि उनी विभिन्न लेखहरु लेख्ने गर्छन । राजनीति विश्लेषक उनको अर्को परिचय हो । नेपालको राजनीति र कुटनीति विषयमा उनका लेखहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । समसामयिक विषयमा चोटिलो समीक्षा गर्न उनी माहिर छन । कुटनीति विषयमा उनको विशेष रुचि र दख्खल रहेको छ ।

अरुणकुमार सुवेदी समृद्धी क्रान्ति

विशेष