स्वास्थ्य

पानी र खानासँगै खाँदा आइलाग्ने समस्याहरु

पानी र खानासँगै खाँदा आइलाग्ने समस्याहरु

मानिसको शरिरमा ६० प्रतिशतभन्दा बढी मात्रा पानीको हुन्छ । त्यसैले पानी पर्याप्त मात्रमा पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । पानीले रोगबाट मुुक्त हुन र शरिरलाई राम्ररी कार्य गराउन मद्दत पुर्याउँछ । तर सबै अवस्थामा भने पानी पिउनु उपयुक्त हुँदैन । खानासँगै पानी पिउँदा यसले फाइदाको विपरित असर गर्दछ । खानासँगै पानी पिउनुलाई चिकित्सा र आर्युवेद क्षेत्रले राम्रो मान्दैन । खानै परेको समयमा थोरै पिउन सकिन्छ तर धेरै पिउँदा भने यसले शरिरलाई हानी पुर्याउँछ । खानासँग पानी पिउँदा मुखको ‘स्यालिभा’ देखि पेटमा चाहिने पाचन रसायन ‘डाइलुट’ हुने हुँदा अनेका समस्या देखिन्छन् । खानासँगै पानी पिउँदा हुने समस्या यस्ता रहेका छन् ः १. तौल बढ्छ खानासँग पानी पिउँदा शरिरको मेटाबोलिज्म कमजोर हुन्छ जसकारण शरिरले पर्याप्त क्यालोरी खर्च गर्न सक्दैन् र तौल बढ्न शुरु हुन्छ । २.एसिडिटी खाना खाने क्रममा पानी पिउँदा पेटले पानी सोसेको हुन्छ जसका कारणले इन्जाइमहरु निकाल्न सक्दैन् । त्यसैले खाने खाने क्रममा पानी खाँदा पेटमा एसिडिटी बढ्छ । एसिडिटीले कयौं अन्य रोगहरु समेत निम्त्याउँछ । ३.पाचन खानासंगै पानी पिउँदा पाचनप्रणाली कमजोर हुँदै जान्छ किनकी पानीले खाना पचाउन उत्पन्न हुने पाचन रसायनलाई कमजोर पार्दछ। यसले कब्जियत जस्ता समस्या ल्याउँछ । ४.युरिक एसिड खानासंगै पानी पिउनाले ल्याउने अर्को असर युरिक एसिड हो। युरिक एसिडले किड्नी र हार्टका समस्या ल्याउन सक्छ । ५.डायबेटिज खानासँग पानीलाई डायबिटिजसँग पनि जोडिएको छ। तौल बढ्दै जाँदा यसले डायबिटिजलई निम्त्याउने बताइन्छ । ६. पोषणको कमी खानासँग पानी पिउँदा शरिरले पोषणतत्व राम्ररी लाई एबजर्ब गर्न सक्दैन् । यसले शरिरमा चाहिने पोषण तत्वको सन्तुलन बिग्रन्छ । त्यसो भए पानी पिउने कति खेर त ? यो प्रश्न पनि आउन सक्छ । खाना खानु तत्कालै अगाडी, खाना खाँदै गर्दा वा खाना खाने बितिकै पानी खानबाट बच्नु पर्छ। खाना खानु भन्दा कम्तिमा ३० मिनेट अघि र पछाडी पानी खानु उपयुक्त मानिन्छ। यस साथै धेरै नुन भएको खाना खानु हुँदैन् । यसले खाना खाने क्रममा पानी खाने चाहलाई घटाउँछ।

पानी शरीरमा पानीको मात्रा स्वास्थ्य

विशेष