समाज

सबै प्रदेशमा चिडियाखाना बनाइने

सबै प्रदेशमा चिडियाखाना बनाइने

पुस ५ । वन मन्त्रालयले मुलुकका सबै प्रदेशमा चिडियाखाना बना बनाउन अध्ययन सुरु गरेको छ । आव २०७३/७४ को बजेटमा मुुलुकका सातवटै प्रदेशमा चिडियाखना स्थापना गर्ने घोषणा गरिएको थियो ।

वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या–पर्यटन प्रवद्र्धनका लागि एक प्रदेश एक प्राणी उद्यान स्थापना गर्ने सरकारको लक्ष्य छ । पहिलो चिडियाखाना ४ नम्बर प्रदेशको तहुँमा स्थापना गर्न लागिएको छ । तनहुँ गृहजिल्ला भएका वनमन्त्री शंकर भण्डारीको प्रस्तावमा ४ नम्बर प्रदेशको घाँसीकुवा गाविसमा चिडियाखाना निर्मार्ण गर्न प्रक्रिया अघि बढाइएको छ । –कान्तिपुर दैनिकबाट

विशेष