समाज

शैक्षिक क्षेत्रका ठूला व्यापारीलाई अख्तियारले दियो क्लिन चिट

शैक्षिक क्षेत्रका ठूला व्यापारीलाई अख्तियारले दियो क्लिन चिट

पुस ५ । गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सांसदलाई सोमबार क्लिन चिट दिएको छ । अख्तियार स्रोतका अनुसार सांसदहरु उमेश श्रेष्ठ, बाबुराम पोखरेल र जनार्दन ढकाललाई कारबाही नचल्ने गरी उनीहरुविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय भएको हो । तीन जना सांसदले अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारमा छानविन चलिरहेको थियो । छानविनबाट सम्पत्तिको स्रोत पुष्टि हुने आधार देखियो । मुद्धा चल्ने अवस्था नभएपछि कानुनअनुसार तामेलिमा राख्ने निर्णय भएको हो । लिटिल एन्जलस स्कुलका अध्यक्ष रहेका श्रेष्ठ कांग्रेसका समाुनपातिक सांसद हुन् । त्यस्तै भिएस निकेतनका अध्यक्ष बाबुराम पोखरेल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र रसुवा एमालेका तत्कालीन अध्यक्ष ढकाल एमालेका सांसद हुन् । –कान्तिपुर दैनिकबाट

विशेष