प्रवास

अमेरिकामा फेरि अर्को नेपाली निधन

अमेरिकामा फेरि अर्को नेपाली निधन

पुस ५ । अमेरिकाको क्यालीफोर्नियामा भएको अर्को सडक दुर्घटनामा ३८ वर्षिया सरिता शाक्यको मृत्यु भएको छ। गएको दश वर्षदेखि क्यालीफोर्नियामा वस्दै आएकी शाक्यलाइ बिपरित दिशाबाट आएको गाडिले उनले चलाएको गाडीलाइ दिएको ठक्करवाट उनको मृत्यु भएको प्रहरीले बताएको छ।

अमेरिकामा यो साता मात्रै अलग अलग सडक दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ। दुइदिन अघिमात्र अमेरिका स्थित सियाटल र फ्लोरिडामा भएका दुइवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुइ नेपालीको मृत्यु भएको थियो।

सियाटलमा भएको सडक दुर्घटनामा ममता कँडेलको मृत्यु भएको दोश्रो दिन फ्लोरिडामा भएको सडक दुर्घटनामा अर्की नेपाली युवतीको मृत्यु भएको थियो। फ्लोरिडा प्रहरीले बताए अनुसार संगम सुवेदीले चलाएको गाडी दुर्घटनामा एक युवतीको मृत्यु भएको हो। घटना स्थलमै मृत्यु भएकी युवतीको परिचय नखुलेको प्रहरीले बताएको छ।

America Accident

विशेष