समाज

मन्दिरमा भेटियो मानव कंकाल

मन्दिरमा भेटियो मानव कंकाल

पुस ५ ।  काठमाडौंको जैसीदेवलमा मन्दिर उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको मन्दिरत उत्खनन गर्दा डडेको अवस्थामा रहेको मानव कंकाल भेटिएको हो ।

चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।

करिब एक सय फिटमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ । पुरतत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउदै थप अध्ययन भइरहेको वताए ।

विभागले बेलायतस्थित दुरहाम विश्वविद्यालयको सहयोगमा ४० दिनसम्म ७ वटा सम्पदाको अध्ययन गरेको थियो ।

सबै विषयको अध्ययन गरी इतिहासको थप प्रमाण फेला पार्ने उद्देश्यले मन्दिरमा उत्खनन गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

 नेपाल समाचारपत्र

kankal Manb Kankal

विशेष