मनोरञ्जन

सर्वाधिक चर्चामा नायिका प्रियंका

सर्वाधिक चर्चामा नायिका प्रियंका

बलिउडकी नायिका प्रियंका चोपडाले मनोरञ्जन जगतमा आफ्नो एक स्ट्रान्ग इमेज बनाएकी छन् । हलिउडदेखि लिएर बलिउडसम्म यी नायिका छाएकी छन् । उनको प्रसिद्धि गत तीन वर्षमा अझ उचाइमा पुगेको छ ।

सन् २०१६ मा उनको खुबै चर्चा भयो । प्रियंकाले लगाएको ड्रेसले यो वर्षको ओस्कारमा पनि निक्कै चर्चा पायो । गुगल सर्चमा यसको सबैभन्दा खोजी भयो । उनी पहिले यस्तो अभिनेत्री हुन् जो ओेस्कार अवार्ड प्रजेन्टर बनिन् । उनी हलिउड टिबी सिरिज क्वान्टिकोबाट पनि धेरै पपुलर भइन् । उनको आगामी हलिउड चलचित्र ‘बेवाच’ पनि आउँदै छ । यसको ट्रेलर सार्वजनिक भएको छ ।

Priyanka Chopara

विशेष