देश

सासूसँग विवाद भएको निहुँमा आफ्नै शरीरमा अागाे

सासूसँग विवाद भएको निहुँमा आफ्नै शरीरमा अागाे
पुस - ५ । सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याइ मंगलबार आगो लगाएकी छन् । लहान, पुस ५  सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याइ मंगलबार आगो लगाएकी छन् । सासूसँग विवाद भएको निहुँमा लहान–४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्‍याएका थिए । गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ । आगो निभाउनेक्रममा सरोजको हातमासमेत पोलेकाले सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगो सिरहा

विशेष