मनोरञ्जन

बोल्ने ढंग नपुग्दा हाँसोको पात्र बनेका नेपाली अभिनेत्री

बोल्ने ढंग नपुग्दा हाँसोको पात्र बनेका नेपाली अभिनेत्री

‘हाड नभएको जिब्रो लर्बराउँछ ।’ भन्ने उखान त्यस्सै बनेएको होइन । कहिले काँही सामान्य वा असामान्य रुपमा बोल्ने क्रममा बोली बिग्रिन्छ । त्यस्तै, नसोची केही बोल्दा घाटा हुन सक्छ । त्यसमाथि पनि सेलिब्रेटिहरुले आफ्नो हरेक बोलीमा ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता धेरै नेपाली कलाकारहरु छन्, जसले सार्वजनिक रुपमा बोल्दा दर्शकको सास्ती भोग्नुपर्यो । ती कलाकार र उनीहरुले बोलेका बोली यस प्रकार छन् । सहाना बज्रचार्य — भिजे तथा मोडल सहाना बज्रचार्यले केही समयअघि भएको युरो कपमा रोनाल्डोलाई एइक्टिङ सिक्न गए हुन्छ भनेर सेयर गरेका स्टेटसले धेरै युवाहरुले आक्रोश देखाए । पहिलो आवोरमै घाइते भएका रोनाल्डो खेलबाट बाहिरिनुपरेको थियो । छोटो समयमै खेलबाट बाहिरिनु परेका कारण रोएका रोनाल्डोलाई सहानाले फुटबलको सट्टा अभिनय सिक्न गए हुने भन्दै स्टेटस राखिन् । स्टेटस यती भाइरल हुन थाल्यो की युवायुवतीहरुलाई सहानालाई जथाभावी रुपमा गालीगलौज गर्न थाले । प्रियंका कार्की — पछिल्लो समयकी निकै व्यस्त नायिका प्रियंका कार्कीले केही समयअघि अमेरिकामा हुँदाएक अन्तर्वाता दिइन् । अन्तर्वातामा बोल्दै गर्दा उनले आफू युएस धेरै पटक गएको तर अमेरिका पहिलो पटक आएको भनेपछि उनी दर्शकमाझ हाँसोको पात्रो बनिन् । यस विषयमा उनको नाममा सामाजिक सञ्जालमा ट्रोल पनि धेरै बन्यो । अन्तर्वातामा प्रस्तोताले ‘तपाईँको अमेरिका कति औँ पटक हो’ भनेर सोधेका थिए । जवाफमा उनले भनिन्, ‘म युके, युएस त धेरै पटक पुगेँ तर अमेरिका भने मेरो पढाई सकाएर पहिलो पटक हो ।’ त्यसपछि प्रियंकाले फेसबुकमा एक दुःखद स्टेटस राखेकी थिइन् । राम्रो काम गर्दा अहालोचना नहुने तर एउटा सानो गल्ती हुँदा आलोचना हुने भन्दै प्रियंकाले स्टेटसमा बताएकी थिइन् । करिश्मा मानन्धर — अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति नेपालको पार्टी घोषणाको कार्यक्रम सञ्चालन गर्ने क्रम सुरुदेखि नै गल्ती बोलेपछि निकै सास्ती भोग्नु परेको थियो । उनले बीच–बीचमा बोलेका अंग्रेजी नै गलत भएको र नसुहाएको धेरैले टिप्पणी गरे । कार्यक्रममा वक्ताको नाम र थर नै गलत बोलेपछि उनको निकै चर्को आलोचना भएको थियो । उनले कार्यक्रममा शुभकामना दिन बोलाउने क्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरीलाई डा.प्रदिप भट्टराई भनेर सम्बोधन गरेकी थिइन् । यस्तोभन्दा प्रदिपले आफैँले गएर आफू न त डाक्टर भएको न त भट्टराई भएको बताएका थिए । रेखा थापा — नायिका रेखा थापा विभिन्न प्रकरणले विवादमा आइ नै रहन्छिन् । त्यसमाथि पनि उनी नारीवादी चलचित्र खेल्ने गर्छिन् । उनी आफूले गर्ने गरेका नारीवादी स्टेटमेन्टका कारण धेरै पटक हाँसोको पात्रो बन्न पुगेको उनी बताउँछिन् । उनले महानायकको ट्याग पाएका राजेश हमालमाथि प्रतिरोध जनाइन् । एक कार्यक्रममा उनले राजेश हमाललाई महानायक नभनेर अर्का अभिनेता भुवन केसीलाई महानायक भनिनुपर्ने धारणा राखिन् । भुवनले नेपाली सिनेमामा सतकौँदेखि योगदान दिदँै आएको कुरा खुलाउँदै महानायक बनाइनुपर्ने कुरा खुलाइन् । दशकौँ भन्नुपर्ने ठाउँँमा सतकौँ भनिदिएपछि उनी आलोचनाकी पात्र बनेकी थिइन् ।

करिश्मा मानन्धर प्रियंका कार्की रेखा थापा सहाना बज्रचार्य

विशेष