नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
पुस ५ । नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियतदरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतारमा गएको समयमा पहिलेभन्दा सस्तोदरमा नेपालमा कल गर्नसक्ने भएका हुन् ।
आगामी जनवरीदेखि नयाँ सम्झौताअनुसारको दर लागू हुने टेलिकमले जनाएको छ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुलदरलाई परिमार्जन गरिएको जनाइएको छ ।
ओरिडु कतार
नेपाल टेलिकम