समाज

आदिवासी जनजाति महासंघ अध्यक्षमा बराम

आदिवासी जनजाति महासंघ अध्यक्षमा बराम

पुस ६ ।  नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगत बराम निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षहरुमा किरण सुनुवार, गणेशलाल थकाली, गोविन्द छन्त्याल, नवीन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल र सोनाम लामा छानिएका छन् । महिला उपाध्यक्षमा कृष्णकुमारी लोप्चन चुनिएकी छन् ।

महासचिवमा नित्यानन्द ताजपुरिया र खुला सचिवहरुमा आडपाड शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बेटे र सुखवीर थामी छानिए ।

महिला सचिवमा लाक्पा हिंसे शेर्पा, शान्तिदेवी धिमाल, सुकमती राजबंशी, सोनम लामा मुगाली र श्रुतीमाया कुमाल चुनिएका छन् । कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी चुनिएका छन् ।

Jagat Baram

विशेष