मनोरञ्जन

लुरे दयाहाङ राई यसरी भएका रहेछन् भुँडे ! पत्नी बेनुकाले दुःखी हुँदै खोलिन् रहस्यः

लुरे दयाहाङ राई यसरी भएका रहेछन् भुँडे ! पत्नी बेनुकाले दुःखी हुँदै खोलिन् रहस्यः

०५९ को फागुनतिर हाम्रो पहिलो भेट भएको थियो । त्यसवेला दयाहाङ लुरे थियो । जिन्स लाउँथ्यो । धेरै पातलो भएकाले कस्तो अनौठो देखिन्थ्यो । आजभोलि सम्झेर हाँसो लाग्छ ।

ऊ मोटाएको धेरै भएको छैन । लुट सिनेमादेखि हो मोटाएको । त्यसवेला थापाकाजी रोलका लागि भुँडी अलि ठूलो देखाउनु पर्ने थियो रे । मोटाउनका लागि उसले कम्ता मिहिनेत गरेन । दैनिक रारा चाउचाउ र अन्डा खानुपरेको उसले सुनाउँथ्यो ।

मोटाएपछि त घट्नै सकेन । भुँडी घटाउन एक्सरसाइज गर्न खोज्छ । तर, समय पाउँदैन । कतिदिन त फुटसल पनि गयो । व्यस्त समयको कारण निरन्तरता दिन सकेन । व्यायाम गर्नका लागि कपडा, जुत्ता पनि किन्यो । तर, जान पाएन । राति ढिलो घर आउँछ, बिहान छिटो उठ्न सक्दैन ।

दयाहाङ खानामा कन्ट्रोल गर्नै सक्दैन । घरमा धेरै समय बस्न नपाउने भएकाले ऊ आउने भएपछि पाहुना आउन लागेजस्तै रौनक हुन्छ । ऊ आउने भनेपछि बहिनीहरुले मीठोमीठो खानेकुरा पकाउन थाल्छन् । साधरणतया ऊ दालभात मन पराउँछ । सुँगुरको मासुमा रायोको साग मिसाएको उसलाई सबैभन्दा धेरै मन पर्छ । उसलाई मन परेको मजाले खान्छ । ‘खाना नखाएर घट्नु राम्रो होइन, एक्सरसाइज गर्नुपर्छ’ भन्छ । उसले भुँडी अलि घटाए हुन्थ्यो भन्ने लाग्छ । फिट बनोस् भन्ने लाग्छ । कहिले काहीँ भन्ने पनि गरेको छु ‘अलि घटाउ’ भनेर । उ हाँसेर ‘अब घट्छु’ भन्छ । समय पाएको छैन । तर, मोटै भएपनि स्वस्थ छ अहिलेसम्म ।

उसको तौल ठ्याक्क थाहा छैन, तर ७० केजीभन्दा मुनि पक्कै छ । अहिले त उनको पाइन्टको साइज पनि मलाई थाह छैन । सँगै सपिङ नगएको धेरै भयो । आफ्नो सपिङ आफैँ गर्छ ।

सिनेमाका लागि भन्दा पनि उसलाई सहजताका लागि तौल घटाउन मन लागेको बुझेको छु । सिनेमाका लागि भुँडी घटाउन त अहिलेसम्म कसैले भनेको छैन, मलाई थाह भएसम्म । किनभने उनको ज्यानअनुसारको भूमिकामा खेलिरहेको हुन्छ ।

(गज्जबबाट)

Daya hang Rai Dayahang Wife

विशेष