समाज

पूर्वयुवराज पारसले गणतन्त्रपछि गरेका कर्तुत

पूर्वयुवराज पारसले गणतन्त्रपछि गरेका कर्तुत

पुस ६ । १७ असार ०६५ मा पूर्वयुवराज पारस सिंगापुर गए । त्यहाँ अपार्टमेन्ट किनेर दुई वर्ष बसे । सिंगापुरमा रहँदा त्यहाँको द न्यु पेपर नामको पत्रिकामा अन्तर्वार्ता दिएर पारसले पहिलोपटक दरबार हत्याकाण्डबारे मुख खोले । २००९ मार्च ३० मा छापिएको उक्त अन्तर्वार्तामा जर्मन हतियारको विषयमा विवाद हुँदा तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको दाबी उनले गरेका थिए ।

२६ मंसिर ०६७ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीसँगको झगडापछि पक्राउ परे । आइन्दा त्यस्तो काम नगर्ने सर्तमा रिहा भए ।

७ कात्तिक ०६९ मा थाइल्यान्डको फुकेटबाट ३ दशमलव ४ ग्राम गाँजासहित पारस पक्राउ परे । उक्त मुद्दामा १० हजार थाई भाट तिरेर उनी रिहा भए ।

२२ मंसिर ०७० मा हृदयाघातपछि अस्पताल भर्ना भएका पारसको १२ दिनपछि होस खुल्यो ।

साउन ०७१ मा थाइल्यान्डकै होटेल डेभिसबाट ११ दशमलव ७ ग्राम गाँजासहित प्रहरीले पारसलाई फेरि पक्राउ र्गयो । थङ्डो प्रहरी स्टेसनमा राखिएका उनी १५ लाख थाई भाट तिरेर धरौटीमा रिहा भए ।

१९ चैत ०७१ मा पूर्वयुवराज पारस थाई एयरको उडानबाट १२ः३३ बजे काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिए । ०७२ वैशाख पहिलो साता पारस अस्वस्थ भए ।

२६ मंसिर ०७२ मा पारसले बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गरे । ८ माघ ०७२ मा रुद्रायणी देवीको दर्शनका लागि ललितपुरको खोकना पुगे ।

२८ जेठ ०७३ मा पोखरा पुगेका पारसले ३ दिनसम्म पुराना केही सहपाठी साथीसँग भेटघाट र जमघट गरे । ३१ जेठ ०७३ मा मित्र प्रभञ्जन सिंह अर्थात् योगी व्यग्र वेदनाथको योजनामा पारस डोटी सिलगढीबाट खप्तडतर्फ लागे र केही दिनपछि मात्रै उनी काठमाडौं फर्किए । २३ भदौ ०७३ मा पारसले दक्षिणकाली मन्दिर दर्शन गरे ।

१५ असोज ०७३ मा पत्नी हिमानीको जन्मदिनका अवसरमा होटेल सोल्टीमा जमघट र खानपिन गरे । २५ साउन ०७३ मा पारसले पशुपतिनाथको दर्शन गरे ।

गज्जबबाट

parash Shah

विशेष