समाज

नेपाल टेलिभिजनका कर्मचारीबीच यसरी भयो छाती तानातान

नेपाल टेलिभिजनका कर्मचारीबीच यसरी भयो छाती तानातान

पुस ६ ।  ५८ बर्षे उमेर हद लागेर नेपाल टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यले कात्तिक ५ गतेदेखि अवकास पाउने भएपछि ४ गते नै कर्मचारीले पैसा उठाए, भोजका लागि । र, अनामनगरस्थित मामाको चुलो रोष्टुरेण्ट बुक गरी रातभर पार्टी चलाए ।

बुलुकी १० बजेसम्म हल्लाखल्ला चल्यो । समाचारवाचक गोविन्द धिताल, (दीपकमणिको भाइ) र निराजन खनालबीच फाइट पर्यो । अहिले गोविन्द कर्मचारी युनियनको अध्यक्ष हुन् । युनियनको म्याद सकिइसक्यो । गोविन्दले भनाभन चर्किदै जाँदा निराजनको सर्ट च्यातिदिए, ‘तँ लक्ष्मण हुमागाइँको मतियार होस्’ भन्दै । बिदाइ हुने राजेन्द्रदेवले झगडा छुट्टाउनपर्यो । नयाँ रिपोर्टरहरु राजेन्द्र पोखरेल र केशव विष्ट पनि थुम्थुम्याउन थाले ।

लक्ष्मण हुमागाइँको कात्तिक १५ देखि पदावधि सकिएपछि दीपकमणि धिताल कामु महाप्रबन्धक भए । यसपछि अध्यक्ष महेश दाहालको पनि जगजगी चल्न थाल्यो । पोहोर लक्ष्मण हुमागाइँ मन्त्रालय तानिएको बेला पारेर दीपकमणिहरुले आठ करोडको सामान खरिद गरेका थिए । ती स्टोरमा दाखिला नगरी लेखा प्रमुख कृष्णचन्द्र भट्टराईले भुक्तानी दिए ।

युनियनको अध्यक्ष पनि बोर्डको सदस्य हुने व्यवस्था छ । स्टोरमा दाखिला नभएको सामान नेपाल टेलिभिजनको रेकर्डमा हुँदैन । आठ करोडमा चार करोड निकासा भइसक्यो । उता, चाइनिज ठेकेदार पेमेन्टका लागि कराएको करायै छन् । नयाँ महाप्रबन्धक छनौट प्रक्रिया अगाडि बढेपछि बाँकी चार करोडको भुक्तानी पनि रोकिने कारण छनौटप्रक्रिया नै गलत छ भनेर नेपाल टेलिभिजन अदालत जाने भनी आइतबार दाहाल र कामु महाप्रबन्धक धितालले केही विभागीय प्रमुखलाई सुनाएका छन् ।

विज्ञापनको आवेदकको योग्यता बाहिरबाट भए मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण र कर्मचारीबाट भए ९ तह पुगेको हुनुपर्ने उल्लेख छ । दीपकमणिहरु सके आफैँ टिक्न, नसकेपनि ९ तहमुनिको कोहीलाई बनाउन चाहन्छन् । यसरी यो प्रक्रियाप्रति असहमति जनाउँदै अदालतमा मुद्दा हाल्दा अन्तरिम आदेश हुन्छ र तत्कालका लागि छनौट प्रक्रिया लम्बिन्छ । त्यसबीचमा भुक्तानी सल्टाइहाल्ने योजना हो । स्टोरमा दाखिला नभएको समानको भुक्तानी दिएबापत लेखा प्रमुख कृष्णचन्द्र अमेरिका पठाइए ।

अहिले हङकङमा प्राविधिक इञ्जिनियरका लागि तालिम गर्न पठाउनुपर्नेमा पनि लेखा प्रमुख नै जाँदैछन् । दीपकमणि, महेश र गोविन्दहरुको बेलुकीको बास नजिकमा दरबारमार्गको एक रेस्टुरेण्ट र टाढामा धुलिखेलको मिराबेल रिसोर्टमा हुन्छ । भर्खरै ५–५ करोड टेण्डर मन्त्रालयको प्रतिनिधि अनुपस्थित बैठकबाट स्विकृत भएको छ ।

जनआस्था साप्ताहिक

nepal television NTV

विशेष