चोरी भएको मोबाइल सजिलै भेटिन्छ, पहिले आइएमइआई दर्ता गर्नुहोस्
तपाईले आफ्नो मोबाइल सेटको आइएमआई दर्ता गराउनुभयो ? यदि छैन भने होस गर्नुस्, तपाईको मोबाइल ब्लक हुन पनि सक्छ । सरकारले मोबाइलको विशिष्ट पहिचान अंक (आइएमआई) नम्बर दर्ता नभएका मोबाइललाई ब्लक गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
दूरसञ्चार प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान दर्ता सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याईसकेको छ । जसअनुसार हरेक मोबाइलको आइएमइआई नम्बर प्राधिकरणमा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने हुन्छ । उक्त व्यवस्था अघिल्लो वैशाखदेखि नै कार्यान्वयमा आएको हो । यद्यपि सर्वसाधाराको सहजताका लागि ६ महिनासम्मलाई थप म्याद दिएको थियो ।
आइएमइआई दर्ता पछि हुने फाइदाहरु – हराएको मोबाइल भेटिन्छ । – अपराध छानविन गर्न सहज । – राजस्व चुहाव रोकिन्छ ।
– गज्जब साप्ताहिकबाट