समाज

बुबा माननीय भएर के गर्नु, छोराको हाल यस्तो छ !

बुबा माननीय भएर के गर्नु, छोराको हाल यस्तो छ !
गणेश शेर्पा केही दिन यता एमाले पार्टी कार्यालय, संसद भवन, संसदीय दलको कार्यालय सिंहदरबार र अध्यक्ष केपी ओली निवास बालकोट धाइरहेका छन् । बिहानै बुबा अर्थात माननीय कृपासुर शेर्पाको घर भएको ठाउँतिर दौडन्छन् । कुनै नियुक्तिका लागि होइन, बाउको खोजी गर्नका लागि उनी यसरी दौडधुप गरिरहेका छन् । मंगलबार उनले बुबा फरार भएको सूचना अध्यक्ष केपी ओलीलाई दिए । ओलीले कृपासुरलाई बोलाएर सम्झाउने बचन दिए ।गणेशलाई प्रमाणितरुपमा बुबा पाउन ३६ बर्ष लाग्यो । ताप्लेजुङमा कर्मचारी हुँदा कृपासुरले धनमाया दर्नाललाई भुँडी बोकाएर फरार भएका थिए । महिला संघको जिल्ला अध्यक्ष रहेकी धनमायाको त्यसपछि चौपट भयो । राजनीतिक भविष्य त सकियो नै, सामाजिक प्रतिष्ठापनि सबै गुम्यो । गुमनाम भएकी धनमायाले गणेशलाई हुर्काएर बसिन् । गणेश जान्ने भएदेखि कृपासुरको खोजिमा लागे । कृपासुर भेटिए तर छोरा स्विकार्न तयार भएनन् । राजनीति थालेको केही समयमै कृपासुर सांसद र मन्त्री भए । मन्त्री भएपछि कृपासुरको चरित्र राष्ट्रिय वहश बन्यो । मन्त्री पदै जाने गरी कृपासुर बदनाम भए । पद जोगाउन उनले ०७२ साल जेठमा उनले गणेशलाई नागरिकता दिए । पहिला उनले आफ्ना आफन्तको नामबाट गणेशलाई नागरिकता दिन प्रयास गरेका थिए । गणेशले आफुलाई नागरिकता होइन, बाउ चाहिएको भन्दै प्रतिकार गरे । नागरिकता दिन कृपासुर बाध्य भए । अंश दिने भन्दा भन्दै मन्त्री कार्यकाल गुजारे । अहिले गणेशलाई ‘बढी बोले गोलि हानिदिने’ भन्दै कृपासुरले धम्काउन थालेका छन् । कृपासुरले आफ्नी बुहारी र नातिनतिनालाई गोली हान्ने धम्की दिएको भिडियो नेपाल आजले सार्वजनिक गरेपछि उनी बेपत्ता छन् । नेपाल आजले अनेक प्रयत्न गरेपछि फोन सम्र्पकमा आएका कृपासुरले भने, ‘भोजपुरमा छु । फर्केपछि कुरा गरुँला । कहिले फर्कन्छु भन्न सक्दिनँ ।’

ganesh sherpa kripasur sherpa

विशेष