खेल

रियल मड्रिडको अनुबन्धमा लागेको प्रतिबन्ध समय घट्यो

रियल मड्रिडको अनुबन्धमा लागेको प्रतिबन्ध समय घट्यो
पुस–६ । स्पेनिस क्लब रियल मड्रिडलाई लागेको प्रतिबन्धको समय घटेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको समाचारमा जनाइएको छ । रियल मड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो । यद्यपी रियल मड्रिडले आगामी जनवरीसम्म नयाँ खेलाडी अनुवन्ध गर्न पाउने छैन । तर समर विन्डोमा भने रियलमाथिको प्रतिबन्ध हटिसक्नेछ । साथै क्लबले तिर्नु पर्ने जरिवाना रकम पनि दुई लाख ८२ हजार पाउण्डबाट एक लाख ८८ हजार पाउण्डमा घटेको छ । १८ वर्ष भन्दा कम उमेरका अन्तर्रा्ष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल मड्रिड तथा एथ्लेटिको मड्रिडमाथि प्रतिबन्ध लागेको थियो । रियलको अपिल सुनुवाई भएपनि एथ्लेटिको मड्रिडको कुनै जानकारी दिइएको छैन ।

रियल मड्रिड

विशेष