समाज

किशोरीको सक्रियतामा तेह्र बालविवाह रोकिए

किशोरीको सक्रियतामा तेह्र बालविवाह रोकिए
पुस–६ । किशोरीको सक्रियतामा जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका महिला विकास अधिकृत अनिता बुढा ऐरका अनुसार वैशाखदेखि हालसम्म जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् । “बैतडीमा बालविवाह दर बढी हुने गरे पनि पछिल्लो समय रोकथामका लागि थुप्रै पहल हुन थालेका छन्” उनले भनिन्—बालविवाह न्यूनीकरण गर्नका लागि बैतडीका– १६ गाविसमा किशोरी वृत्त गठन गरिएको छ । ती वृतको सक्रियताले वाल विवाह हुने दरमा न्यूनिकरण भए पनि पूर्ण रुपमा भने नियन्त्रण गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । ‘बालविवाह परम्परागत चलन भएकाले एकाएक नियन्त्रण गर्नु चुनौतीपूर्ण छ, त्यसमा पनि बालबालिका स्वयम्ले लहलहैमा लाग्न थालेपछि झन् अप्ठेरो भएको छ,’ अधिकृत शाहीले भने “छोरीहरूको सङ्ख्या बढी भएको, आर्थिक अवस्था कमजोर भएको र दलित परिवारमा बालविवाह बढी हुने गरेको पाइएको छ ।” सुदूरपश्चिममा बालविवाहको प्रचलन धेरै भए पनि त्यसमा आमाबुबा मात्र नभई स्वयम् किशोरकिशोरी समेतको राजीखुसी हुने गरेको पाइएको संयुक्त राष्ट्रङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । रासस

बालविवाह

विशेष