समाज

इंग्ल्याण्डमाथि भारतीय क्रिकेट हाबी हुँदै, पाँचौ टेस्ट पनि भारतको पक्षमा

इंग्ल्याण्डमाथि भारतीय क्रिकेट हाबी हुँदै, पाँचौ टेस्ट पनि भारतको पक्षमा
पुस–६ । इंग्ल्याण्ड टूर अफ इन्डिया अन्तर्गत भएको पाँचो टेस्ट क्रिकेटमा पनि भारतले जित निकालेको छ ।  पाँचौ टेस्टको दोस्रो इनिङमा रविन्द्र जडेजाले ७ विकेट लिएपछि भारतले १ इनिङ र ७५ रनले खेल जितेको हो । चेन्नाईको स्टेडियममा भएको खेलको पहिलो पालीमा २ सय ८२ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो पालीमा २ सय ७ रन मात्र बनाएपछि भारत विजयी भएको हो । भारतको लागि जडेजाले ७ विकेट लिए । इसान्त शर्मा, उमेश यादव र अमित मिश्राले १–१ विकेट लिए । इंग्ल्याण्डका केटोन जेनिङ्सले ५४, एलेष्टर कुकले ४९ तथा मोइन अलिले ४४ रन बनाउनुबाहके अन्य ७ जना खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतले पहिलो पालीमा करुण नायरको तेहोरो शतक र लोकेश राहुलको १ सय ९९ रनको मद्दतमा ७ सय ५९ रन बनाएर पाली समाप्तीको घोषणा गरेको थियो । पाँच टेस्टमा पहिलो टेस्ट बराबरीमा रोकिएको थियो । त्यसबाहेक भारतले सबै श्रृंखलामा जित निकालेको छ । यी दुई देशबीचको ३ एकदिवसीय र ३ ट्वेन्टी–ट्वेन्टी खेल पनि बाँकी छ ।

इंग्ल्याण्ड भारत

विशेष