मनोरञ्जन

गायक नवीन के भट्टराईको क्याप रहस्य

गायक नवीन के भट्टराईको क्याप रहस्य
चर्चित गायक नवीन के भट्टराईलाई मन नपराउने विरलै छन् । उनले लगाउने गरेको क्याप सधैँ चर्चाको विषय बन्न पुगेको हुन्छ । सधैँ देख्दा क्यापबिना नदेखिने नविन आखिर के छ त त्यो क्यापको रहस्य ? नवीनले लगाातार रुपमा क्याम लगाउन थालेको २० वर्ष जति भइसक्यो । नवीनले क्याप कुनै रहस्यले भन्दा पनि आफ्नै सोइच्छाले लगाएका हुन् । लगाउँदा लगाउँदै उनलाई बानी पर्यो । अहिले सुत्ने बेलमा बाहेक हरेक समयमा उनलााई क्याप लगाउने लत नै बसेको छ । आफ्नो मुड अनुसार उनी अगाडि र पछाडि फर्काएर क्याप लगाउने गरेका छन् । उनी आफैँले किन्दा नेक्स्ट ब्रान्डको क्याप किन्ने गर्छन् । तर, धेरै फ्यान र आफन्तले उपहार दिएका छन् । क्यापको सोखिन रहेका नवीनले आफैँले किन्दा साढे तीन हजारसम्मको क्याप किनेर लगाएका छन् । तर, साथीभाइ र शुभचिन्तकहरुबाट गिफ्ट आएको क्यापको मूल्य चालीस हजारसम्म भएको उनी बताउँछन् । उनले हालसम्म कपडा, उलन र लेदर गरेर दुई हजारवटा क्याप लगाईसकेको अनुमान लगाए । अहिले पनि उनीसँग १५ सयको हाराहारीमा क्याप रहेको बताउँछन् । धेरै लगाउँदा कहिलेकाहीँ वाक्क भएपनि कति फ्यनहरुले आफ्नो सिको गरेर क्याप लगाएको सुन्दा उनी क्यापबाट मुक्त हुन चाहँदैनन् ।

Nabin K Bhattari नवीन के भट्टराई

विशेष