समाज

बर्दियामा ६९ वटा मानव अधिकार उलङ्घनका घटना

बर्दियामा ६९ वटा मानव अधिकार उलङ्घनका घटना
पुस–६ । बर्दिया जिल्लामा ६९ वटा मानवअधिकार उलङ्घनका घटना घटेका छन् । इन्सेक बर्दियाले बुधबार आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन पूर्व समीक्षा कार्यक्रममा सन् २०१६ भित्र घटेका उक्त घटनामध्ये महिला चार, बालिका दुई र भ्रुण एक गरी सातवटा हत्याका घटना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । त्यस्तै उक्त अवधिमा महिला ११ र बालिका २२ गरी ३३ वटा बलात्कारका घटना घटेको इन्सेकले जनाएको छ । सन् २०१५ मा १७ जना बालबालिका र ११ जना महिला गरी २८ वटा बलात्कारका घटना घटेको थियो । इन्सेक बर्दियाका अनुसार, सन् २०१६ भित्र तीनजना बालबालिका र दुईजना महिलामाथि बलात्कार प्रयासका घटना भएको छ भने तीनजना महिला यौनजन्य दुव्र्र्यवहारमा परेका छन् । सन् २०१५ मा १० जना बालिका र २८ जना महिला यौन दुव्र्यवहारमा परेका थिए भने तीनजना महिलामाथि बलत्कारको प्रयास भएको थियो । इन्सेक बर्दियाका प्रतिनिधि मानबहादुर चौधरीले जिल्लामा दुईवटा बोक्सी, पाँच घरेलु हिंसा, तीन जातीय छुवाछुतका घटना, दुईवटा यातना, एक सम्पत्ति क्षति र एक वटा कुटपिटका घटना घटेको जानकारी दिए । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यसवर्ष मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक बर्दियाले जनाएको छ । सन् २०१५ मा १८३ वटा मानवअधिकार उल्लङ्घका घटना सार्वजनिक भएका थिए । रासस

बर्दिया

विशेष