समाज

तेत्तीस प्रतिशत महिला कर्मचारीको प्रतिनिधित्वको माग

तेत्तीस प्रतिशत महिला कर्मचारीको प्रतिनिधित्वको माग
पुस–६ । सरकारी तथा अर्धसरकारी निकायमा ३३ प्रतिशत महिला कर्मचारीको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै मानवअधिकार तथा शान्ति समाजले सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ । समाजका सभापति गङ्गाधर अधिकारीको नेतृत्वमा गएको टोलीले आज मन्त्रालयमा मन्त्री बुढाथोकीलाई भेटी संवैधानिक एवम् राजनीतिक निकायमा नियुक्तिमा तथा सरकारी एवम् अर्धसरकारी निकायमा ३३ प्रतिशत महिला कर्मचारी हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको समाजका कार्यक्रम अधिकृत सरिता शर्माले जानकारी गराइन् । ज्ञापनपत्र बुझ्दै मन्त्री बुढाथोकीले कर्मचारीमा महिलाको सहभागिता बढाउनमा आफूले प्रयास गर्ने बताए । पत्रमा ती निकायमा महिला कर्मचारी ३३ प्रतिशत सुनिश्चित गर्नका लागि कानुन बनाउन पनि माग गरिएको छ । अहिलेको राष्ट्रिय आवश्यकता सुशासन र पारदर्शीता भएकाले सुशासनको प्रत्याभूति र पारदर्शीताको मापदण्डलाई उच्च तवरमा अवलम्बन गर्नुपर्ने, निर्धारित समयसीमा राष्ट्रिय, प्रादेशीक र स्थानीय निर्वाचन सम्पन्न गर्नसमेत समाजले माग गरेको छ । रासस

ज्ञापनपत्र

विशेष