समाज

शिक्षिका यादवविरुद्ध आरोपपत्र दायर

शिक्षिका यादवविरुद्ध आरोपपत्र दायर
पुस–६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिने शिक्षिका विमलाकुमारी यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । सप्तरीको शारदा राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा कार्यरत शिक्षिका यादवको शैक्षिक योग्यताको प्रमाणपत्र उपर छानबिन हुँदा नक्कली देखिएको आयोगले जनाएको छ । आयोगले शिक्षिका यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी गरी बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष