सफलताको कथा

झलक दिखलाजाको फाइनलमा नेपाली चेली

झलक दिखलाजाको फाइनलमा नेपाली चेली

डीआइडी लिटिल मास्टर्स सेसन ३ की विजेता तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सवाधिक राशीको झलक दिखलाजा सिजन ९ को फाइनलमा पुगेकी छिन् ।

तेरियाले फाइनलमा डीआइडी सिजन १ एवं झलक दिखला जा कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपकी विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ ।

उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदैछ। कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ। तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ की विजेता भएकाले झलक दिखलाजामा प्रवेश पाएकी हुन ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारू ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् ।

आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ । तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डीआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । १४ वर्षीया तेरिया हाल मुम्बईमै रहेर कक्षा ८ मा अध्ययनरत छिन् ।

Teria Magar

विशेष