मनोरञ्जन

पाकिस्तानबाट रिलिज नहुने भयो अमिरको दंगल यस्तो छ कारण

पाकिस्तानबाट रिलिज नहुने भयो अमिरको दंगल यस्तो छ कारण

पुस ७ । सन् २०१६ को अन्तिममा फिल्म ’दंगल’ पाकिस्तामा रिलिज नहुने भएको छ । पाकिस्तानले बलिउड फिल्ममाथि पाकिस्तानमा लगाउँदै आएको प्रतिबन्ध यसै साता हटाएपछि आमिरको ’दंगल’ पनि पाकिस्तानमा रिलिज गरिने अनुमान लगाउँदै आइएको थियो ।

’दंगल’का वितरकले ’दंगल’ पाकिस्तानमा रिलिज नहुने बताएका छन् । फिल्ममा आमिर महाविर फोगट नामक कुस्तिवाजको भूमिकामा देखिदैंछन ।

जम्मुकश्मिरको उरीमा आतंकवादी आक्रमणमा १९ जना भारतिय सैनिकको मृत्यु भएपछि सुरू भएको भारत–पाक सम्बन्धको तिक्तताका कारण बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएपछि पाकिस्तानले पनि बलिउड फिल्ममा प्रतिबन्ध लगाएको थियो ।

Dangal

विशेष