मनोरञ्जन

युलियालाई पप गायक बनाउँदै सलमान

युलियालाई पप गायक बनाउँदै सलमान

सलमान खान प्रेमिका युलिया वन्तुरबारे धेरै चिन्तित हुने गरेका छन् । पछिल्लो समय युलियासँग ठाकठुक परेको भए पनि उनी दोस्ती निभाउन माहिर छन् । त्यसैले अब उनले युलियालाई गायिका बनाउन सक्ने सम्भावना देखिएको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

रोमानियाकी युलिया र सलमान विगत केही वर्षयता प्रेममा छन् । उनीहरूले बिहे गर्न लागेको हल्ला पनि चल्ने गरेको छ । तर, युलिया पूवविवाहित भएको खबरले सलमानको परिवार उनलाई बुहारी बनाउन चाहँदैन । सलमान पनि यो कुराले चिन्तित छन् । सम्बन्धका कारण मात्र नभई युलियाको बलिउड करिअरले पनि उनलाई पिरोल्ने गरेको छ ।

त्यसैले सलमान अब उनलाई गायिकाका रूपमा प्रस्तुत गर्ने सोचमा पुगेका छन् । इन्डियन पप सिंगरका रूपमा युलियाको करिअर अघि बढ्न सक्ने विश्वास सलमानको छ । युलियाको एल्बममा ६ वटा गीत राख्ने तयारी छ ।

युलियालाई स्टुडियोसम्म छाड्न र लिन सलमान आफैँ जाने गरेका छन् । युलियालाई सलमानले हिरोइन मात्र होइन,गायिका पनि बनाउन लागेको कुराले बलिउडमा चर्चा पाएको छ ।

Liliya Vantoor salman khan

विशेष