मनोरञ्जन

यसकारण सासूसँग सधै लज्जित हुनुपरेको छ करिनालाई

यसकारण सासूसँग सधै लज्जित हुनुपरेको छ करिनालाई

पुस ७ । मंगलबार मात्र छोराकी आमा बनेकी करिना कपुरले आफ्नी सासू शर्मिला ट्यागोरसामु एउटा कुरामा सधैं लज्जित भइरहनुपरेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सानो हुँदा करिनालाई पढाइमा कुनै रुचि थिएन । तर, सानैदेखि उनको लक्ष्य फिल्ममा काम गर्ने नै थियो । करिना अक्सर क्लास बंक गरेर आफ्नो अभिनेतृ दिदी करिश्मा कपुरलाई सेटमा भेट्न जान्थिन् ।

कलेजको पढाइ पूरा नहुँदै करिनाले २० वर्षको उमेरमा नै रिफ्युजीबाट फिल्मी करिअर शुरु गरेकी थिइन् । तर, उनलाई पढाइ छोडेकोमा भने पछुतो छ। एक म्यागेजिनसँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छिन ‘सेफअलि खान (अभिनेता तथा करिनाका पति) को परिवारको सबै सदस्य हाई क्वालिफाइड छन् ।’

जब कि करिनाको खानदानमा भने सधैं फिल्मकै विषयमा कुरा हुने गथ्र्यो । जब शर्मिला र सोहाअलि खानसँग उनी कुराकानी गर्छिन् उनलाई आफ्नो कम पढाइको महसुस हुने गर्छ । तर, पनि करिना खुसी छिन् कि उनको बच्चाको पनि पढाइ राम्रो हुनेछ ।

kareena kapoor Salmila Taigor

विशेष