मनोरञ्जन

अमिर खानले भने म सेक्स थेरापिस्ट हुँ

अमिर खानले भने म सेक्स थेरापिस्ट हुँ

भारतीय अभिनेता अमिर खानले आफ्नो बारेमा गरेको एक खुलासाले उनका प्रशंसक तीन छक परेका छन् । उनले आफू ’सेक्स थेरापिस्ट’ भएको बताएका छन् ।

अमिर खानले करण जौहरको टिभी शो ’कफी विथ करण’ मा यस्तो खुलासा गरेका हुन् । करणले सोधेको तत्काल छोटो जवाफ दिनुपर्ने प्रश्नको उत्तरको रुपमा उनको यस्तो भनाइ आयो । करणले अमिरलाई विभिन्न भारतीय फिल्म कलाकारका नाम लिएर ’ती कलाकारको लुकेको जिन्दगी हुन्थ्यो भने के गर्थे’ भनेर सोधेका थिए ।

करणले रणवीर सिंहको नाम लिँदा अमिरले उनी कुनै छाला खुइल्याउने वाला हुन्थे भनेका छन् । रणवीर पछिल्लो समय अभिनयका क्रममा कपडा खोल्ने भएकोले अमिरले यस्तो भनेका थिए ।

करण जौहरले कुराकानीकै क्रममा भारतीय फिल्मका कलाकारमध्ये को ’सेक्स थेरापिस्ट हुन्थ्यो ?’ भन्ने प्रश्न राखे । अमिरले जवाफमा आफ्नै नाम लिए । अमिर खानको जवाफ सुनेपछि प्रस्तोता करण अकमकाएका थिए ।

अमिरको साथमा ’कफी विथ करण’ मा पुगेकी फिल्म दंगल की अभिनेत्री द्वय फातिमा सना शेख र सान्या मल्होत्रा नाजवाफ भए । अमिरले फेरी भने,’यो मेरो लुकेको खुबी हाे ।’ अमिर खानको यो लुकेको खुबी मजाकको रुपमा बाहिर आएको हो । उनले यसअघि पनि ख्यालठट्टामै आफ्ना लुकेका खुबी भन्दै आफ्ना फ्यानलाई मनोरञ्जन दिन यस्ता कुरा गर्ने गरेका छन् ।

Amir Khan

विशेष