खेल

बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश
पुस–७ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले हर्कुलसलाई ७–० ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दास्रो लेगमा आर्ड तुरानको ह्याट्रिकको मद्दतमा ७–० को शानदार जित दर्ता गरे । स्टार खेलाडी लिओनल मेस्सी, लुइस स्वारेज तथा नेइमारलाई आराम दिएर मैदानमा उत्रेको बार्सिलोनाको लागि लुकास डिग्ने, इभान रेकिटिक, राफिन्हा र पाको एकेसरले १–१ गोल गरे । यस्तै राति नै भएको खेलमा सेभिल्ला ,भ्यालेन्सि, ओसासुना, एइबर र डिप्रोटिभो ला कोरुना पनि अन्तिम १६ मा पुगेका छन् ।

बार्सिलोना स्पेनिस कोपा डेल रे

विशेष