खेल

फिफाको नयाँ वरियतामा नेपालको स्थान यथावत

फिफाको नयाँ वरियतामा नेपालको स्थान यथावत
पुस–७ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल १८१ औँ स्थानमै कायम रहेको छ । दक्षिण एसियाली मुलुकहरुमा भारत २ स्थान माथि उक्लिँदै १३५ औँ स्थानमा रहेको छ । दक्षिण एसियाली मुलुकबाट भारत पहिलो स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अफगानिस्तान एक स्थान माथि उक्लिँदै १४६ औँ स्थानमा रहन सफल भएको छ । यसैगरी माल्दिभ्स १५४ औँ स्थानमा यथावत रहेको छ भने भुटान एक स्थान तल झर्दै १४६ औँ स्थानमा पुगेको छ । नेपालले भने दक्षिण एसियाका तीन मुलुकलाई पछि पारेको छ । बंगलादेश, श्रीलंका र पाकिस्तानलाई वरियतामा पछि पारेको हो । नेपाल भन्दा पछाडि रहेका बंगालदेश २ स्थान तल झर्दै १८५ तथा श्रीलंका र पाकिस्तान १९५ र १९७ स्थानमा यथावत छन् । एसियाली मुलुकमा इरान सबैभन्दा माथि २९औं स्थानमा छ । शीर्ष स्थानमा भने अर्जेन्टिनानै रहेको छ र त्यसबाहेक अन्य ९ स्थान सम्म कुनै परिवर्तन भएको छैन ।

नेपाल फिफा

विशेष